जनता टाइम्स

९ मंसिर २०७९, शुक्रबार १३:१०

उदयपुर १ (क) मा राजन किराती विजयी


उदयपुर, ९ मंसिर । उदयपुर १ (क) मा राजन किराती एक हजार २४३ मतले विजयी भएका छन् । सत्ता गठबन्धनको साझा उम्मेदबार माओवादीका किराती १५ हजार ९२ मत ल्याएर निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय गाईघाटले जनाएको छ ।

उहाँका निकटतम प्रतिष्पर्धी एमालेका उम्मेदबार कुशलबाबु बस्नेतले १३ हजार ८४९ मत ल्याउनुभयो । बेलका र चौदण्डीगढी नगरपालिका गरी ३८ हजार ८५७ मत खसेको थियो । खसेको मतमध्ये एक हजार ८७५ बदर भएको छ । किराँती सोही क्षेत्रबाट दुईपटक संविधानसभाको निर्वाचनमा पराजित हुनुभएको थियो ।