गोरखा, ९ मंसिर । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचित प्रमाणपत्र बुझेका छन् । आज गोरखा पुगेर उहाँले निर्वाचित प्रमाणपत्र बुझ्नुभएको थियो । उहाँलाई जिल्ला निर्वाचन अधिकृतले प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो । प्रचण्ड बिहीबार फराकिलो मतान्तरले गोरखा २ बाट विजयी हुनुभएको थियो ।
उहाँलाई राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले चुनौती दिनुभएको थियो । तेस्रो स्थानमा एमालेका अब्दुस मिया रहनुभयो । गोरखा २ को प्रदेश सभा सदस्यमा निर्वाचित भएका सुरेन्द्र पाण्डे र फणिन्द्र देवकोटाले पनि प्रमाणपत्र बुझ्नुभएको हो । प्रचण्डले प्रमाणपत्र बुझ्ने कार्यक्रममा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पनि उपस्थित हुनुहुन्थ्यो । तर नेकपा समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई उपस्थित हुनुभएन ।
गोरखा–२ बाट प्रचण्डले उम्मेदवारी मनोनयन दर्ता गर्ने बेला बाबुराम पनि सँगै गएका थिए । त्यसबेला प्रचण्ड, बाबुराम र नारायणकाजी श्रेष्ठ सँगै हुनुहुन्थ्यो । तर, यसपटक प्रचण्ड र श्रेष्ठ मात्रै पुग्नुभयो । आफ्नी छोरी मानुषी प्रतिनिधिसभा सदस्यमा निर्वाचित नभएकाले पनि उहाँ नगएको बुझिएको छ ।













प्रतिक्रिया दिनुहोस्