जनता टाइम्स

९ मंसिर २०७९, शुक्रबार १५:३०

सुनसरी-२ क मा एमालेका भण्डारी बिजयी, द्वारिकलाल चौधरीलाई मतदाताले दिए सजाय


इटहरी, मंसिर ९ । सुनसरी क्षेत्र नम्बर २ ’क’ को प्रदेशसभा सदस्यमा एमालेका रेवतिरमण भण्डारी विजयी हुनुभएको छ। सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादीका द्वारिकालाल चौधरीलाई २ हजार ६ सय ८० मतले पछि पार्दै भण्डारीले जीत निकाल्नु भएको हो ।

निर्वाचित भएका भण्डारीले १४ हजार ५२८ मत प्राप्त गर्नुभएको छ । भण्डारीका निकटतम प्रतिद्वन्द्वी ११ हजार ८४८ मत प्राप्त गर्नुभएको छ ।

एमाले सुनसरीका पूर्व अध्यक्ष तथा इटहरीका निवर्तमान मेयर चौधरीले एमालेबाट टिकट नपाएपछि माओवादीतिर गएर उम्मेदवार बन्नुभएको थियो ।

आफैले जिल्लाको नेतृत्व गरेको पार्टीलाई धात गरेर पदका लागि माओवादीतिर लाग्नुभएका इटहरीका पूर्वमेयर चौधरी भण्डारीको जीतसँगै मर्माहत बन्नुपरेको छ । यो परिणामलाई आफूबाहेक अरु केही नहेर्नेहरुलाई जनताले सजाय दिएको अर्थमा इटहरीवासीले बुझेका छन ।