जनता टाइम्स

९ मंसिर २०७९, शुक्रबार १६:२२

कैलाली-२ बाट नागरिक उन्मुक्ति पार्टीका चौधरी निर्वाचित


काठमाडौं, ९ मंसिर । कैलाली क्षेत्र नम्बर २ बाट नागरिक उन्मुक्ति पार्टीका अरुण कुमार चौधरी निर्वाचित भएका छन् ।

नेकपा एमालेका झपटबहादुर रावललाई हराउँदै चौधरी प्रतिनिधि सभा सदस्यमा विजयी भएका हुन् । चौधरीले २१ हजार ८७१ मत प्राप्त गर्नुभएको छ भने एमालेका रावलले १६ हजार १२८ मत पाउनुभएको छ ।