जनता टाइम्स

९ मंसिर २०७९, शुक्रबार १८:३१

आवश्यक परे गठबन्धन गर्ने रवि लामिछानेको भनाइ


काठामाडौं, ९ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद रवि लामिछानेले आवश्यक परे आफ्नो पार्टी गठबन्धन गरेर अगाडि जाने बताउनुभएको छ ।

आज चितवनमा विजय भएको प्रमाणपत्र बुझेपछि लामिछानेले देशको आवश्यकतालाई हेरेर पार्टीले थप निर्णय लिने बताउनुभयो । उहाँले निर्वाचनमा आफूहरूले कसैसँग गठबन्धन नगरे पनि अब आवश्यकताको आधारमा गठबन्धन गरेर अगाडि जाने बताउनुभएको हो ।