महोत्तरी, मंसिर ९ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर विजयी हुनुभएको छ । महोत्तरी क्षेत्र नं ३ मा ठाकुरले पूर्वकृषि मन्त्री तथा जसपाका नेता हरि नारायण यादवलाई दुई हजार ५० मतान्त्ररले पराजित गर्नुभएको हो ।
बिजयी ठाकुरले १६ हजार ३७५ मत ल्याउँदा यादवले १४ हजार ३२५ मत पाउनु भएको छ । ठाकुरको जीतसँगै लोसपाले प्रतिनिधिसभातर्फ चार सिट जितेको छ।
लोसपाले रुपन्देही ४ बाट सर्वेन्द्रनाथ सुक्ला, सर्लाही १ बाट रामप्रकाश चौधरी, महोत्तरी २ बाट शरतसिंह भण्डारी यसअघि नै विजयी हुनुभएको छ ।













प्रतिक्रिया दिनुहोस्