तेह्रथुम, १० मंसिर । तेह्रथुम निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसकी उम्मेदवार सीता गुरुङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ ।
निर्वाचन आयोगको मतपरिणामअनुसार गुरुङ १९ हजार सात सय दुई मतसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो । त्यसैगरी एमालेका विजय सुब्बाले १८ हजार छ सय २३ मत ल्याउनुभएको छ । उहाँहरु बीचमा एक हजार ७९ मतान्तर रहेको छ ।
तेह्रथुम निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधि सभा निर्वाचनका लागि सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीसहित विभिन्न पार्टीबाट १० उम्मेदवार रहेका थिए । मञ्चका विष्णुकुमार चोङवाङ सात सय २३ मत प्राप्त गरी तेस्रो भएका छन् ।













प्रतिक्रिया दिनुहोस्