जनता टाइम्स

१० मंसिर २०७९, शनिबार ०८:०४

कांग्रेस नेता अजुर्ननरसिंह केसी नुवाकोटबाट निर्वाचित


नुवाकोट, १० मंसिर । नेपाली कांग्रेसका नेता अजुर्ननरसिंह केसी प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ ।

केसीले २८ हजार १०७ मत ल्याएर नुवाकोटको निर्वाचन क्षेत्र नम्बर २ बाट विजयी हुनुभएको हो ।

उहाँका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका सुमनविक्रम पाण्डेले १६ हजार ४७७ मत पाए भने एमालेका नारायणप्रसाद खतिवडाले १५ हजार ५६१ मतमा चित्त बुझाउनुभएको छ ।