जनता टाइम्स

१० मंसिर २०७९, शनिबार ११:१६

अन्तिम समयमा कुशवाहाको अग्रता उल्टाउदै बारा २ बाट जसपाका यादव निर्वाचित


बारा, मंसिर १० । बारा क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सभा सदस्यमा जनता समाजवादी पार्टीका रामसहाय यादव निर्वाचित हुनुभएको छ । यादव ३५४ मतान्तरले निर्वाचित हुनुभएको हो ।

यादवले १३ हजार ८२२ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका शिवचन्द्र कुशवाहाले १३ हजार ४६८ मत प्राप्त गर्नुभएको छ ।

यादव दोस्रो पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो । यसअघि ०७४ को निर्वाचनमा पनि यादव संघीय समाजवादी फोरम (हाल जसपा) बाट निर्वाचित हुनुभएको थियो । पूर्ववनमन्त्री यादवले मतगणनाको अन्तिम समयमा माओवादी केन्द्रका उम्मेदवार कुशवाहाको अग्रता उल्टाउदै जित हात पार्नुभएको हो ।

यादवले जितसँगै बाराको चार वटै निर्वाचन क्षेत्रको प्रत्यक्षतर्फको मतगणना सम्पन्न भएको छ । चार निर्वाचन क्षेत्रमा प्रतिनिधिसभातर्फ दुई वटामा एमाले, एकमा जसपा र एकमा नेकपा एकीकृत समाजवादी विजयी भएको छ ।