जनता टाइम्स

१० मंसिर २०७९, शनिबार ११:३१

मन्त्रीलाई हराउँदै मोरङ १ को ख बाट एमालेका बस्नेत विजयी


बिराटनगर, मंसिर १० । मोरङ निर्वाचन क्षेत्र नम्बर १ (ख) बाट नेकपा एमालेका खडगबहादुर बस्नेत प्रदेशसभा सदस्यमा विजयी हुनुभएको छ ।

प्रदेशका यातायात व्यवस्था तथा सञ्चारमन्त्री नेकपा एकीकृत समाजवादीका उपेन्द्र घिमिरेलाई पछि पार्दै बस्नेत बिजयी हुनुभएको हो ।निर्वाचित बस्नेतले १ हजार ६७६ मतान्तरले सत्ता गठबन्धन दल नेकपा एकीकृत समाजवादीका घिमिरेलाई पराजीत गर्नुभएको छ ।

जिल्ला विकास समितिका पूर्वसभापति बस्नेतले १४ हजार ५३९ मत ल्याएर विजयी हुँदा निकटतम् प्रतिद्वन्द्वी घिमिरेले १३ हजार ८६३ मत प्राप्त गर्नुभएको छ । पहिलो प्रदेशसभा सदस्य निर्वाचनमा वाम गठबन्धन दल एमालेबाट निर्वाचित भएर मन्त्रीसम्मको यात्रा तय गर्नुभएका घिमिरे पार्टी विभाजन भएपछि एकीकृत समाजवादीमा लाग्नुभएको थियो ।

मोरङमा प्रदेशसभा सदस्य निर्वाचन क्षेत्रको मत गणना सम्पन्न भएको छ । यस जिल्लास्थित १२ प्रदेशसभा निर्वाचन क्षेत्रमध्ये कांग्रेस र एमालेले ५/५ र माओवादी केन्द्रले २ निर्वाचन क्षेत्र जितेका छन् । ६ वटा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र रहेको मोरङमा क्षेतर १ को मात्रै अन्तिम मत परिणाम आउन बाँकी छ ।

क्षेत्र नम्बर १ मा अझै १० हजार मतगणना गर्न बाँकी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।