जनता टाइम्स

१० मंसिर २०७९, शनिबार ११:३९

मोरङ ३ ख बाट एमालेका ज्ञानेन्द्र सुवेदी विजयी, नेकपा एसका श्रेष्ठ पराजीत


बिराटनगर, मंसिर १० । मोरङ निर्वाचन क्षेत्र नम्बर ३ को प्रदेशसभा ख बाट नेकपा एमालेका ज्ञानेन्द्र सुवेदी विजयी हुनुभएको छ । सुवेदी २ हजार ७० को मतान्तरले नेकपा एकीकृत समाजवादीका लक्ष्मीकुमार श्रेष्ठलाई पछि पार्दै विजयी हुनुभएको हो ।

बेलबारी नगरपालिकाका पूर्वमेयर सुवेदीले १७ हजार ४ सय २८ मत ल्याएर प्रदेशसभा १ को सदस्यमा निर्वाचित हुँदा उहाँका निकटतम् प्रतिद्वन्द्वी श्रेष्ठले १५ हजार ३ सय ५५ मत प्राप्त गर्नुभएको छ ।