इलाम, मंसिर १० । मतगणना सकिनै लाग्दा इलामको प्रतिस्पर्धा थप रोचक बन्दै गएको छ । पछिल्लो परिणामअनुसार नेकपा एमालेको केन्द्रीय उपाध्यक्ष सुवासचन्द नेम्वाङ पछि पर्नुभएको छ ।
निरन्तर अग्रता कायम गर्नुभएका नेम्वाङलाई इलाम नगरपालिका वडा नं ३ को गणना सकिँदा कांग्रेसका डम्बरबहादुर खड्काले १६ मतले अग्रता लिनुभएको हो ।
खड्काले २८ हजार ४ सय ८६ मत प्राप्त गर्दा नेम्वाङले २८ हजार ४ सय ७० मत ल्याउनु भएको छ । यसअघि इलाम नगरपालिका–४ को गणना सकिँदा खड्का १ सय ३४ मतले पछि हुनुहुन्थ्यो ।
इलाम नगरपालिका गणना सुरु हुनुअघि नेम्वाङ करिव १९ सय मतले अघि हुनुहुन्थ्यो । चुलाचुली, माङसेवुङ र फाकफोकथुमसहित इलाम नगरपालिकाको १० नम्बर वडाबाहेक, देउमाई नगरपालिका तथा माई नगरपालिकाको ६, ७ र ८ नम्बर वडा इलाम २ मा छन् ।













प्रतिक्रिया दिनुहोस्