बुटवल, मंसिर १० । रुपन्देही क्षेत्र नम्बर ३ को ख बाट लुम्बिनी प्रदेशसभा सदस्यमा एमालेका तुलसीप्रसाद चौधरी निर्वाचित हुनुभएको छ ।
भर्खरै सकिएको मतगणना परिणामअनुसार एमालेका चौधरीले कांग्रेसबाट उम्मेदवार बनेका प्रतिस्पर्धी रामचन्द्र ढकाललाई २ सय १ मतको अन्तरले पराजित गर्नुभएको हो ।
रुपन्देहीका मुख्य निर्वाचन अधिकृत कृष्णराम कोइरालाका अनुसार रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ ख बाट लुम्बिनी प्रदेशसभामा एमालेका उम्मेदवार चौधरीले १६ हजार ३ सय ९४ मतले निर्वाचित हुनुभएको छ भने कांग्रेस उम्मेदवार १६ हजार १ सय ९३ मत प्राप्त गर्नुभएको छ ।
चौधरी २०७४ सालको निर्वाचनमा पनि लुम्बिनी प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।













प्रतिक्रिया दिनुहोस्