जनता टाइम्स

१० मंसिर २०७९, शनिबार १३:४२

मुगुको प्रदेशसभा क मा एमालेका जितबहादुर मल्ल विजयी


मुगु, मंसिर १० । मुगुको प्रदेशसभा क मा नेकपा एमालेका जितबहादुर मल्ल विजयी हुनुभएको छ । मल्लले ६ हजार ६ सय १८ मत ल्याएर विजयी हुनुभएको हो ।

उहाँका प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका गोपालबहादुर बमले पाँच हजार ४ सय ४५ मत ल्याएर पराजित हुनुभएको छ । एक हजार ७३ भोटको मतान्तरमा मल्ल विजयी हुनुभएको जिल्ला निर्वाचन अधिकारी विष्णुप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।