जनता टाइम्स

१० मंसिर २०७९, शनिबार १४:१९

बारामा एमाले ठूलो दल, कांग्रेस र माओवादी ‘निल’


बारा, १० मंसिर । चार निर्वाचन क्षेत्र रहेको बारामा प्रतिनिधिसभातर्फ दुई वटामा नेकपा एमाले, एकमा जसपा र एकमा नेकपा एकिकृत समाजवादी विजयी भएको छ । यसैगरी आठ प्रदेशसभा मध्ये चार वटामा एमाले र दुई वटामा जसपा जित निकाल्दा लोसपा र स्वतन्त्रले एक/एक क्षेत्रमा विजय प्राप्त गरेका छन् ।

प्रतिनिधिसभातर्फ बारा क्षेत्र नं. १ र ३ मा एमाले, क्षेत्र नं. २ मा जसपा र क्षेत्र नं. ३ ४ मा एकिकृत समाजवादीका उम्मेदवार निर्वाचित हुनुभएको छ । यसैगरी प्रदेशसभातर्फ १ (१), ३ (१), ३ (२) र ४ (२) मा एमालेका उम्मेदवार विजयी हुनुभएको छ । एमालेसंग चुनावी तालमेल गरेको जसपाले १ (२) र २ (२) को प्रदेशसभामा जित हात पारेको छ ।

एमाले र जसपाले बाराको चारमध्ये तीन वटा निर्वाचन क्षेत्रमा तालमेल गरेको थियो भने एउटामा मित्रवत प्रतिस्पर्धा गरेको थियो । एमाले र जसपाबाहेक प्रदेशसभातर्फ लोकतान्त्रिक समाजवादी पार्टीले क्षेत्र नं. ४ (२) मा जित हात पारेको छ भने क्षेत्र नं. २ (१) मा स्वतन्त्र उम्मेदवार विजयी हुनुभएको छ ।

अन्तिम मतपरिणाम अनुसार बारामा एमाले ठुलो दल बनेको छ । प्रतिनिधिसभा र प्रदेशसभातर्फको १२ सिटमध्ये एमालेले ६ सिटमा जित हात पारेको छ भने जसपाले तीन, लोसपा र स्वतन्त्रले एक÷एक सिट जितेका छन् । बारामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र शुन्य देखिएको छ । सत्तारुढ गठबन्धनबाट बाराको ४ (२) मा लोसपाका जितेन्द्र सोनल निर्वाचित हुँदा अन्य सबै उम्मेदवार पराजित हुन पुगेका छन् ।

यी हुन् बाराबाट प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचित उम्मेदवारः

बारा क्षेत्र नं. १

प्रतिनिधिसभाः अच्युत मैनाली (नेकपा एमाले)
प्रदेशसभा १(१) : त्रिलोकी चौधरी (नेकपा एमाले)
प्रदेशसभा १(२) : सरोज कुमार यादव (जसपा)

बारा क्षेत्र नं. २

प्रतिनिधिसभाः रामसहाय यादव (जसपा)
प्रदेशसभा २(१) : सारदा संकर कलवार (स्वतन्त्र)
प्रदेशसभा २(२) : बच्चा राउत अहिर (जसपा)

बारा क्षेत्र नं. ३

प्रतिनिधिसभाः ज्वालाकुमारी साह (नेकपा एमाले)
प्रदेशसभा ३(१) : रविन्द्रदास श्रेष्ठ (नेकपा एमाले)
प्रदेशसभा ३(२) : महम्मद समिर (नेकपा एमाले)

बारा क्षेत्र नं. ४

प्रतिनिधिसभाः कृष्णकुमार श्रेष्ठ (एकिकृत समाजवादी)
प्रदेशसभा ४(१) : देवनारायण चौधरी .नेकपा एमाले)
प्रदेशसभा ४(२) : जितेन्द्र सोनल (लोसपा)