इलाम, मंसिर १० । मतगणना सकिनै लाग्दा इलामको प्रतिस्पर्धा थप रोचक बन्दै गएको छ ।
पछिल्लो परिणामअनुसार नेकपा एमालेकोकेन्द्रीय उपाध्यक्ष सुवासचन्द नेम्वाङ १३० मतले अग्रता लिनुभएको छ ।
निरन्तर अग्रता कायम गर्नुभएका नेम्वाङलाई इलाम नगरपालिका वडा नं ३ को गणना सकिँदा कांग्रेसका डम्बरबहादुर खड्काले १६ मतलेअग्रता लिनुभएको थियो ।
अहिले नेम्वाङ्गको २९१३५ मत रहेको छ भने खड्काको २९००५ मत रहेको छ ।
अन्तिम वडा इलाम–१ गणना बाँकी रहदा नेमाङले १३० मतले अग्रता लिनुभएको छ । इलाम नगरपालिका कोवडा नम्बर –१ मा गत स्थानीय निर्वाचनमा एमाले ५० मतअन्तरमा वडाअध्यक्ष हारेको थियो ।
प्रतिक्रिया दिनुहोस्