जनता टाइम्स

१० मंसिर २०७९, शनिबार १८:१४

अन्तिम परिणाम आउँदा सुवास नेम्वाङ अगाडि भएपछि कांग्रेसको नारावाजी, धाँधलीको आरोप लगाउँदै परिणाम घोषणा नगर्न धम्की


इलाम, मंसिर १० । इलाम क्षेत्र नम्बर २ मा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ मतगणना सकिदा झिनो मतले विजयी भएपछि नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले गणनामा धाँधली भएको आरोप लगाउँदै नारावाजी गराउनु भएको छ ।

नेम्वाङ र खड्काबीचको टक्कर एक सय मतभन्दा तल पुगेका बेला अन्तिम गणना सकिँदा ५० भन्दा कम मतले नेम्वाङ जिते पनि निर्वाचन आयोगले घोषणा गर्नुअघि नै कांग्रेसले मतपत्र तलमाथि भएको आरोप लगाउँदै नारावाजीमा उत्रिएको हो ।