जनता टाइम्स

१० मंसिर २०७९, शनिबार १९:३१

गृहमन्त्री खाणले दिए दीपक बोहोरालाई बधाइ


रुपन्देही, १० मंसिर । गृहमन्त्री बालकृष्ण खाणले रुपन्देही क्षेत्र नम्बर ३ बाट निर्वाचित राप्रपा नेता दीपक बोहोरालाई बधाइ दिनुभएको छ । गृहमन्त्री खाणले बोहोरालाई टेलिफोनमार्फत् बधाइ दिनुभएको हो ।

उहाँले बोहोरालाई सफल कार्यकालको शुभकामनासमेत दिनुभएको हो । बोहोराले खाणलाई दुई हजार ६८१ मतान्तरले पराजित गर्नुभएको थियो । बोहोराले ३६ हजार ७१७ मत प्राप्त गर्दा खाणले ३४ हजार ३६ मत प्राप्त गरेका छन् ।