जनता टाइम्स

१० मंसिर २०७९, शनिबार २०:१०

प्रचण्ड र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता, नेपालको राजनीतिमा भारतको खेल


काठमाडौं, १० मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपालस्थित भारतीय राजदूत नविन श्रीवास्तवबीच भेटवार्ता भएको छ । आज प्रचण्ड निवास खुमलटारमा उहाँहरूबीच भेटवार्ता भएको हो ।

भारतीय राजदूत नविन श्रीवास्तव खुमलटारमै पुगेर अध्यक्षज्युसँग भेटवार्ता गरेको प्रचण्डको सचिवालयले जनाएको छ । प्रचण्ड र श्रीवास्तवबीच समसमायिक विषयमा पनि छलफल भएको थियो । राजदूत श्रीवास्तवले यसअघि शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्नुभएको थियो ।