जनता टाइम्स

११ मंसिर २०७९, आईतवार १४:१७

साईवर क्राईममा प्रेस सेन्टरका प्रदेश सचिव पक्राउ


उदयपुर ११ मंसिर । रेडियो नेपालका उदयपुर संवाददाता गजेन्द्र राई सावईवर क्राईम मुद्दामा पक्राउ परेका छन । एक महिलाको व्यक्तिगत सम्बन्धको बारेमा समाग्री बनाई युट्युवमा लगाएत सामाजिक संजालमा हालेको अभियोगमा राईलाई उदयपुर प्रहरीले शनिबार साँझ पक्राउ गरेको हो ।

पीडित महिलाको उजुरी तथा काठमाण्डौ जिल्ला अदालतबाट जारी पक्राउ पुर्जीको आधारमा राईलाइ पक्राउ गरिएको उदयपुरका प्रहरी उपरिक्षक ज्ञानेन्द्र प्रसाद फुयलले जानकारी दिए ।

एसपी फुयलका अनुसार राईले गत साउनमा आफ्नो युट्युब च्यानलबाट एक महिलाको चरित्र हत्या र सामाजिक नैतिकता विरुद्धको कार्य गरेको भनी दिएको उजुरीको आधारमा पक्राउ गरि साईबर व्यूरो काठमाण्डौ पठाईएको छ ।

शनिबार साँझ उदयपुर सदरमुकामा गाईघाटबाट पक्राउ परेका राईलाई आईतबार काठमाण्डौ जिल्ला अदालतमा उपस्थित गराईने प्रहरीले जनाएको छ । राई रेडियो नेपाल उदयपुर संवाददाता, प्रेस सेन्टरका प्रदेश सचिव र फोटो पत्रकार महासंघको केन्द्रीय सचिवको जिम्मेवारीमा छन ।