जनता टाइम्स

११ मंसिर २०७९, आईतवार २०:२७

धनुषा–४ मा कांग्रेसका महेन्द्र यादवलाई उछिन्दै महासेठको ३४ मतले अग्रता


काठमाडौ , ११ मंसिर । धनुषा निर्वाचन क्षेत्र नम्बर ४ मा नेकपा एमालेका सचीव रघुवीर महासेठले अग्रता लिनुभएको छ ।

नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवलाई उछिन्दै महासेठले ३४ मतले अग्रता लिनुभएको हो । हालसम्म भएको मतगणनामा महासेठले २४ हजार ४८२ मत ल्याउनुभएको छ भने यादवले २४ हजार ४४८ मत ल्याउनुभएको छ ।

अब मिथिला नगरपालिकाका ११ वटा वडाको मतगणना बाँकी छ।मिथिला नगरपालिकामा १९ हजार ९०८ मत खसेको छ।