जनता टाइम्स

११ मंसिर २०७९, आईतवार २१:१०

झण्डै ९१ लाख मतगणना हुँदा माओवादी केन्द्रलाई पछि पार्दै घण्टीले लियो अग्रता


काठमाडौ , ११ मंसिर ।   समानुपातिक मतगणनामा माओवादी केन्द्रलाई पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टीको घण्टी चुनाव चिह्नले अग्रता लिएको छ ।निर्वाचन आयोगले आइबार बेलुका ८स्४५ बजेसम्म ९० लाख ९१ हजार २५४ मतगणना हुँदा १० लाख ४८ हजार ५५३ मतसहित घण्टी चुनाव चिह्न तेस्रो स्थानमा आइपुगेको छ ।

अहिलेसम्म नेकपा ९एमाले० २४ लाख ७७ हजार ५९० मतसहित तालिकाको अग्रस्थानमा छ । एमालेले २३ लाख ५५ हजार ३८७ मतसहित नेपाली कांग्रेसले पछ्याइरहेको छ ।

चौथो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले १० लाख ३७ हजार १५० मत पाएको छ । यो मत भनेको बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीको मतसहित हो ।

पाँचौं स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ३७ हजार ६२२ मत पाउँदा छैटौँ स्थानमा रहेको जनता समाजवादी पार्टीले तीन लाख ९ हजार ५७१ मत पाएको छ ।

समानुपातिकमा एक सिट ल्याउनको लागि कम्तीमा ३ लाख देखि ३ लाख २० हजार मत चाहिने आङ्कलन भइरहेको समयमा जनमत पार्टी र नेकपा ९एस० राष्ट्रिय पार्टी हुन नसक्ने अवस्था सिर्जना भइरहेको छ ।