काठमाडौं, मंसिर १२ । निर्वाचन आयोगले उदयपुर क्षेत्र नम्बर १ मा रोकिएको मतगणना सुरू गर्न निर्देशन दिएको छ।
आइतवारदेखि सो क्षेत्रमा मतगणना स्थगित भएको थियो। निर्वाचन आयोगका उपसचिव ऋषिराम भुसालले उदयपुरका मुख्य निर्वाचन अधिकृतलाई पत्राचार गर्दै रोकिएको मतगणना कार्य पुनः सुरू गर्न निर्देशन दिनुभएको हो ।
आयोगको निर्देशनपछि सर्वदलीय बैठक गरेर मतगणना पुनः सुरू गर्ने तयारीअघि बढाइएको छ। प्रतिनिधि सभाको मतपेटिकामा प्रदेश सभाको मतपत्र फेला परेपछि मतगणना स्थगित भएको थियो।
उदयपुर १ मा ६३ हजार ८० मत गणना गरिसकिएको छ। कांग्रेसका उम्मेदवार नारायण खड्का १ हजार ८ सय २५ मतान्तरले अघि रहँदा नेकपा एमालेकी उम्मेदवार मञ्जुकुमारी चौधरी पछि पर्नुभएको छ ।
यो क्षेत्रमा ७६ हजार सात सय ५६ मत खसेको थियो। खड्काले अहिलेसम्म २७ हजार चार सय ८४ र चौधरीले २५ हजार ६ सय ५९ मत ल्याएका छन्।













प्रतिक्रिया दिनुहोस्