जनता टाइम्स

१३ मंसिर २०७९, मंगलवार ०७:५९

विजय गच्छद्धारलाई ब्रेक लगाउँदै भगवती चौधरी


सुनसरी, मंसिर १३ । सुनसरी ३ मा वर्षौंदेखि चुनाव जित्दै आएक विजय गच्छादारको विरासत तेस्रो प्रयासमा एमालेकी भगवती चौधरीले भत्काउने निश्चित भएको छ ।

जारी मतगणनामा सुनसरी क्षेत्र नम्बर ३ मा नेकपा एमालेकी भगवती चौधरीले ३६हजार ९सय ३६ मत प्राप्त गर्दा गच्छदारले ३० हजार ६सय १ मत प्राप्त गर्नुभएको छ । आज बिहान ६ बजे सम्मको गणनामा चौधरीले गच्छदारलाई ५ हजार ५सय ३५ मतान्तरले पछि पार्नु भएको छ । अब बर्जु गाउँपालिकाको ४, ५ र ६ नम्बर वडाको १० हजार ६ सय ३४ मत मतगणना गर्न बाँकी रहेको छ ।

सुनसरी ३ (२) प्रदेश सभामा समेत नेकपा एमालेका उम्मेदवार रामदेव यादव नेपाली कांग्रेसका उम्मेदवार बिन्देश्वर यादव भन्दा ८ सय १४ मतले अगाडी हुनुहुन्छ । सुनसरी ३ प्रदेश सभा २तर्फ बर्जु गाउँपालिकाको ५ र ६ नम्बर वडाको ७ हजार ६ सय ६६ मत मतगणना बाँकी रहेको छ ।