जनता टाइम्स

१३ मंसिर २०७९, मंगलबार ०८:५६

मतगणना अन्तिम चरणमा पग्दा एमाले सचिव रघुवीर महासेठको अग्रता


मंसिर १३ । धनुषा–४ को जारी मतगणनामा नेकपा एमाले उम्मेदवार रघुवीर महासेठले पुनः अग्रता लिनुभएको छ।

मिथिला नगरपालिकाको ११ नम्बर वडाको ११ सय मत गणना गर्न बाँकी रहँदा नेकपा एमालेका महासेठले पुनः अग्रता लिनुभएको छ

मतगणना अन्तिम चरणमा पुगिरहँदा एमालेका महासेठले ३१ हजार ३३६ मत प्राप्त गर्नुभएको छ भने नेपाली कांग्रेसका महेन्द्र यादवले ३१हजार ३१६ मत प्राप्त गर्नुभएको छ ।