जनता टाइम्स

१४ मंसिर २०७९, बुधबार १४:४३

सुनसरी–४ मा मतान्तर घटाउँदै एमालेका कुसियत, सञ्चारमन्त्री कार्कीभन्दा ८८ मत मात्रै पछाडि


सुनसरी, मंसिर १४ । सुनसरी क्षेत्र नम्बर ४ मा नेकपा एमालेका नेता जगदीश कुसियतले आफ्नो मतान्तर कम गर्दै लग्नुभएको छ ।

सत्ता गठबन्धनका साझा उम्मेदवार रहनुभएका नेपाली कांग्रेसका नेता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसँगको मतान्तर घटाउँदै लग्नुभएको हो ।

निर्वाचन आयोगले भर्खरै सार्वजनिक गरेको परिणाम अनुसार कुसियतको कार्कीभन्दा ८८ मत मात्रै कम रहेको छ । अहिलेसम्म कार्कीले २७ हजार ३६७ मत पाउनु भएको छ भने कुसियतले २७ हजार २७९ मत पाउनु भएको छ ।