जनता टाइम्स

१४ मंसिर २०७९, बुधबार १६:०६

बिजय गच्छद्धारले स्वीकार्न सकेनन हार, भगवती चौधरीको बिजय र्यालीमा गराए आक्रमण


सुनसरी, मंसिर १४ । सुनसरीको दुहबीमा नेकपा एमालेको विजय जुलुसमाथि ढुंगामुढा भएको छ । जुलुसमा ढुंगा प्रहार भएपछि दुहवी नगरपालिका ९ छाताबेलीमा झडपसमेत भएको छ ।

एमालेबाट प्रतिनिधिसभामा विजयी नेतृ भगवती चौधरी, प्रदेशसभा सदस्य रोहितबहादुर कार्कीको विजयोत्सव र्यालीमाथि आक्रमण भएको हो । एक्कासी ढुंगामुढा भएपछि केहीबेर सो क्षेत्र तनावग्रस्त बनेको थियो ।

ढुंगा लागेर एमाले कार्यकर्ताहरू लालमोहम्वद रैन, कुर्वान मियाँ, तवरेज आलम घाइते हुनुभएको छ । उहाँहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

दुहबी वडा नम्बर ९ का वडाअध्यक्ष तथा सुनसरी ३ का क्षेत्रीय सभापति मेहदी हुस्सेनको घरनजिक पुगेको र्यालीमा एक्कासी आक्रमण गरिएको एमालेले जनाएको छ । २०४८ सालदेखि निरन्तर जितिरहनु भएका कांग्रेस नेता विजयकुमार गच्छदारलाई हराएर सुनसरी ३ मा यो पटक एमालेले जितेको थियो । जनमतबाट पराजय भएपछि हार स्वीकार गर्न नसकेर गच्छद्धारका कार्यकर्ताले एमालेको जुलुसमा हमला गरेको हो ।