जनता टाइम्स

१५ मंसिर २०७९, बिहीबार ०६:३४

थाहा पाउनुहोस् आजको मौसम


काठमाडौं, १५ मंसिर । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । हाल कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत देशका अन्य पहाडी भूभागमा आंशिक बदली रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १ र गण्डकी लगायत देशका पहाडी भूभागमा आंशिक बदलीको सम्भावना छ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

राति सुदूरपश्चिम र प्रदेश १ का पहाडी भूभागका थोरै स्थानमा आंशिक बदलीको आकलन छ । शुक्रबार सुदूरपश्चिम र कर्णाली लगायत देशका पहाडी भूभागमा आंशिक बदलीको प्रक्षेपण महाशाखाले गरेको छ ।

पछिल्लो समय तराईमा हुस्सुरकुहिरो लाग्न थालेको छ । मुलुकभर तापक्रम क्रमिक रूपमा घट्दै गएकाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।