श्याङ्जा, १५ मंसिर । रातिबाट शुरु भएको स्याङ्जा (२ को मतगणनामा नेकपा एमालेकि पद्मा अर्यालले अग्रता लिनुभएको छ । एमालेकी पद्मा अर्याल २हजार ३०४मत पाउनुभएको छ । नेपाली काङ्ग्रेसका धनराज गुरुङले भने १ हजार ७०३ मत पाउनुभएको छ ।
निर्वाचनमा धाधली भएको र पुन मतदान हुनु पर्ने एमालेको माग पछि सो क्षेत्रमा मतगणना रोकिएको थियो। स्याङ्जामा बुधबार साझबाट निर्वाचन आयोगले मतगणना सुचारु गर्न निर्देशन दिएपछि गणना शुरु भएको हो ।
स्याङ्जा २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले १८० मत पाउनुभएको छ ।












प्रतिक्रिया दिनुहोस्