जनता टाइम्स

१५ मंसिर २०७९, बिहीबार ११:३४

सुनसरी ४ बाट सञ्चारमन्त्री कार्की झिनो मतले निर्वाचित, एमाले नेता जगदीश कुसियैत पराजीत


सुनसरी, मंसिर १५ । सुनसरी क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका नेता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की झिनो मतान्तरले विजयी हुनुभएको छ ।

कार्कीले ३० हजार ४८३ मत ल्याउँदा उहाँका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका जगदीशप्रसाद कुसियैतले ३० हजार ३७१ मत ल्याउनु भएको छ । दुई नेताबीचको मतान्तर ११२ रहेको छ ।

भोजपुरबाट लगातार ३ पटक चुनाव हारेपछि सुनसरी झरेका कार्कीले २०७४ मा वामगठबन्धनका उम्मेदवार रमेश श्रेष्ठलाई हराउनु भएको थियो ।