जनता टाइम्स

१५ मंसिर २०७९, बिहीबार १८:४३

देउवा नेतृत्वको सरकारमा जान सिके राउत तयार


काठमाडौं, मंसिर १५ । सिके राउत नेतृत्वको जनमत पार्टी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुन तयार भएको छ ।

जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउतले आज प्रधानमन्त्री निवास बालुवाटार पुगेर कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवासँग यस्तो सहमति जनाउनु भएको हो ।

भेटमा प्रधानमन्त्री देउवाले कांग्रेस नेतृत्वको गठबन्धनमा सामेल हुन र लोकतान्त्रिक शक्तिहरुको सरकार बनाउन आग्रह गर्नुभएको थियो । कांग्रेस नेतृत्वमा लोकतान्त्रिक सरकार गठन गर्न दुई नेताबीच सहमति भएको कांग्रेस नेता विमलेन्द्र निधिले जानकारी दिनुभयो ।

जनमतले प्रत्यक्षतर्फ प्रतिनिधिसभामा १ सिट जितेको छ भने प्रदेशसभातर्फ ७ सिट जितेको छ । सो पार्टीले प्रतिनिधिसभामा समानुपातिकतर्फ समेत थ्रेसहोल्ड कटाएको छ ।