जनता टाइम्स

१७ मंसिर २०७९, शनिबार १३:५२

चापाकोटबाट आयो धनराजलाई नांगेझार पार्ने नतिजा


स्याङ्जा, मंसिर १७ । स्यांङजाको चापाकोटबाट नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङलाई नांगेझार पार्ने गरी नतिजा आएको छ । कांग्रेसले बुथ कब्जा गरेको भनेर एमालेले पुनः मतदान माग गरेका स्याङ्जा २ को चापाकोट नगरपालिका वडा नम्बर ३ को नतिजा आउँदा धनराज नांगेझार हुनुभएको हो ।

चापाकोट ३ को मतगणना सकिँदा कांग्रेसले बुथ कब्जा गरेर एकलौटी मत हालेको तथ्य उजागर भएको छ । सो वडामा कांग्रेसका धनराज गुरुङले १४२६ मत पाउनु भएको छ भने एमाले सचिव पद्मा अर्यालको १०३ मत मात्रै आएको छ ।

यस्तै प्रदेशससभा सदस्यतर्फ पन समान मत आएको छ । प्रदेशतर्फ पनि सो वडाबाट प्रदेशसभामा कांग्रेसका महेश भट्टराईले धनराजकै जति १४२६ मत पाउनु भएको छ भने एमालेका बुद्धिमान श्रेष्ठको पनि पद्माकै जति १०३ मत आएको छ । यो तथ्यले सो वडामा कांग्रेसले कसैलाई पनि मत हाल्न नदिई आफू बसेर गिन्ती गरेर भोट खसालेको प्रष्ट भएको छ ।

चापाकोट ३ गनिसक्दा धनराज २५ हजार ६५१ मतका साथ अगाडि हुनुहुन्छ भने भने पद्मा २२ हजार २१३ मतका साथ पछ्याइरहनु भएको छ । मतमा अग्रता लिए पनि यो घटनाले धनराज राजनीतिक रुपमा पराजीत भइसक्नु मतदाताले नै बताएका छन ।