जनता टाइम्स

१७ मंसिर २०७९, शनिबार १७:३२

दोलखा-२ मा एमाले उम्मेदवार केसीले लिए अग्रता, पछि परे कांग्रेस सभापति लामा


चरिकोट, मंसिर १७ । दोलखा प्रदेशसभा ख मा नेकपा एमालेका उम्मेदवार भरत केसीले अग्रता लिनुभएको छ । प्रदेश ख मा पर्ने चारमध्ये तीन वटा पालिकाको मतगणना सकिदा एमाले उम्मेदवार केसीले अग्रता लिनुभएको हो ।

दोलखा प्रदेशसभा ख मा अहिलेसम्म बिगु, कालिञ्चोक र शैलुङ गाउँपालिकाको मतगणना सकिएको छ । अव भिमेश्वर नगरपालिकाको मतगणना सुरु भएको छ ।

आफ्नो गढ भिमेश्वरको मतगणना नहुँदै केसीले नेपाली कांग्रेसका सभापति समेत रहनुभएका गठबन्धनका उम्मेदवार बर्मा लामालाई पछि पार्नुभएको हो । १२ हजार ३३७ मत पाउनु भएको छ भने लामाले १२ हजार २ सय २० मत पाउनु भएको छ । उहाँहरुबीचको मत अन्तर ११७ रहेको छ ।