जनता टाइम्स

१८ मंसिर २०७९, आईतवार ०६:०३

अर्जेन्टिना विश्वकपको क्वाटरफाइनलमा


एजेन्सी, १८ मंसिर । उपाधि दाबेदार अर्जेन्टिना कतारमा जारी फिफा विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

अहमेद बिन अलि स्टेडियममा शनिबार राति अष्ट्रेलियालाई २(१ गोल अन्तरले हराउँदै अर्जेन्टिना अन्तिम आठमा पुगेको हो । अर्जेन्टिनालाई जित दिलाउन कप्तान लियोनल मेस्सी र जुलियन अल्भारेजले एक एक गोल गरे ।

अष्ट्रेलियाले एक गोल आत्मघाती उपहार पाएको थियो ।

खेलको ३५ औं मिनेटमा कप्तान मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाएका थिए ।

विश्वकपको नकआउट चरणमा मेस्सीको पहिलो गोल हो । यस्तै मेस्सीको यस खेल करियरको १००० औं खेल हो । खेलको ५७ औं मिनेटमा अल्भारेजले गोल गर्दै अर्जेन्टिनालाई २(० को अग्रता दिलाए ।

त्यसपछि खेलको ७७ औं मिनेटमा इन्जो फर्नान्डेजले आत्मघाती गोल गरेपनि अर्जेन्टिना २(१ ले विजयी भयो ।

जितसँगै अर्जेन्टिना कतार विश्वकपको क्वाटरफाइनलमा पुग्ने दोस्रो टोली बनेको छ ।

अब अर्जेन्टिनाले क्वाटरफाइनलमा नेदरल्यान्ड्सको सामना गर्नेछ ।

नेदरल्यान्ड्स यस अघि नै क्वाटरफाइनलमा पुगिसकेको छ ।

अष्ट्रेलिया भने प्रतियोगिताबाट बाहिरिएको छ ।