जनता टाइम्स

१८ मंसिर २०७९, आईतवार ०६:३२

दोलखामा एमालेका शिवाकोटीको मतान्तर बढदैं


काठमाडौं, १८ मंसिर । दोलखामा प्रतिनिधिसभा सदस्यका लागि नेकपा (एमाले)का उम्मेदवार बालकृष्ण शिवाकोटीले प्रतिस्पर्धी माओवादी केन्द्रका गंगा कार्कींसँगको मतान्तर बढाउदैं लग्नुभएको छ । सुरुवाती अग्रता माओवादीका गंगा कार्कीको भए पनि शिवाकोटीले उहाँलाई उछिनेर मतान्तर बढाउदैं लग्नु भएको हो ।

आइतबार बिहान ६ वजेसम्मको मत गणना अपडेटअनुसार उहाँहरू बीचको दुरी फराकिलो बन्दै १ हजार ५०३ पुगेको हो । प्राप्त मत परिणामअनुसार एमालेमा शिवाकोटीले १६ हजार २१४ मत प्राप्त गर्दा माओवादीका कार्कीलाई १४ हजार ७११ मत प्राप्त भएको छ । मत गणना ३६ हजार ३३६ सकिएको छ ।

अब भिमेश्वर नगरपालिकाको वडानंं २,३ र ४ को गणना सुरुभएको बताइएको छ ।