जनता टाइम्स

२३ श्रावण २०७६, बिहीबार १५:४९

यसरी बन्यो दुर्गेशको रकिङ ‘हामी पनि नाच्नुपर्छ बीच–बीचमा’ (भिडियोसहित)


काठमाडौं, साउन २३

हाल तीजका गीत आउने क्रम जारी रहेको छ । युट्युवमा तीजका नयाँ–नयाँ गीत भिडियो सार्वजनिक हुने क्रममा दुर्गेश थापाले फरक किसिमको गीत गाए । यसअघि पुरुषहरुले तीजका गीत गाउन हुँदैन भन्ने हाम्रो समाजलाई दुर्गेशको गीत हेरेपछि युवा पुस्ताहरु यही गीतमा रमाउन थालेका छन् ।

त्यस्तै टिकटकमा पनि हामी पनि नाच्नुपर्छ बीच-बीचमा हिट भइरहेको छ । यस गीत हेर्दा पहिला लोकलयमा आधारित हुने तीज गीतहरु अहिले ‘रक’मा परिणत भएको छ । दिदी बहिनी मात्र नाच्छन् जहिले पनि तीजमा, हामी पनि नाच्नुपर्छ बीच–बीचमा‘ बोलको गीतमा भिडियो युवा पुरुषहरुकै रहेको छ ।

https://youtu.be/6V3ht0VHPdM