काठमाडौं, १८ मंसिर । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महत र जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत (सिके) बीच भेटवार्ता भएको छ । आइतबार बिहान बाँसबारीस्थित प्रवक्ता महतको निवासमा उनीहरूबीच भेटवार्ता भएको हो । भेटवार्ताका क्रममा प्रवक्ता महतले डा. राउतलाई निर्वाचनमा विजयी भएकोमा बधाई दिनुभएको थियो ।
यस्तै पछिल्लो राजनीतिक घटनाक्रममा समेत उहाँहरूबीच छलफल भएको समेत जनाइएको छ । अध्यक्ष राउत सप्तरी २ बाट जसपा अध्यक्ष उपेन्द्र यादवलाई हराउँदै विजयी हुनुभएको थियो । पछिल्लो समय डा. राउत र शीर्ष नेताहरूबीच भेटघाट बाक्लिएको छ ।
महत कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा निकट नेता हो । उहाँले यसअघि कांग्रेस नेता डा. शेखर कोइरालालाई उहाँकै निवास पुगी सांसद विजयी भएकोमा बधाई दिनुभएको थियो । महत आफैं भने यो निर्वाचनमा उठ्नुभएन । उहाँ समानुपातिकतर्फ खसआर्य क्लस्टर सूचीको पहिलो नम्बरमा हुनुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्