दोलखा, मंसिर १८ । दोलखाको प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका बालकृष्ण शिवाकोटीले आफ्नो अग्रता कायमै राख्नुभएको छ ।
हालसम्मको मतगणना परिणामअनुसार शिवाकोटीले सत्तारुढ गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका गंगा कार्की, बिश्वलाई १९ सय २६ मतले पछि पार्दै आफ्नो अग्रता लिनुभएको हो ।
एमाले उम्मेदवार शिवकोटीले १८ हजार ६६१ मत पाउनु भएको छ भने माओवादीका कार्कीले १६ हजार ७३७ मत पाउनु भएको छ । अहिलेसम्म ४१ हजार ९१८ मत गणना भइसकेको निर्वाचन आयोगले जनाएको छ ।














प्रतिक्रिया दिनुहोस्