जनता टाइम्स

१८ मंसिर २०७९, आईतवार १५:५५

प्रतिनिधिसभाका १६५ मध्ये १६४ स्थानको परिणाम सार्वजनिक


काठमाडौं, १८ मंसिर । ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १६५ मध्ये १६४ सिटको मतपरिणाम सार्वजनिक भएको छ । निर्वाचन आयोगको तथ्यांकअनुसार १६४ स्थानको मतगणना सम्पन्न भएको र दोलखाको मतगणना जारी छ ।

आयोगका अनुसार कांग्रेस ५७ स्थानसहित सबैभन्दा ठूलो दल बनेको छ । यस्तै, दोस्रो स्थानमा ४४ सिटसहित एमाले, १७ सिटसहित माओवादी केन्द्र तेस्रो स्थानमा छ ।

चौथो स्थानमा रहेको एकीकृत समाजवादीले १० सिट ल्याएको छ भने राप्रपा, नेपाल राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीले सात/सात सिट ल्याएका छन् ।

यस्तै, अन्य दलहरू लोसपाले चार सिट, नागरिक उन्मिुक्ती पार्टी तीन सिट, राष्ट्रिय जनमोर्चा, नेमकिपा, जनमत पार्टीले एक–एक सिट जितेका छन् । देशभर स्वतन्त्र रुपमा उठेका उम्मेदवारमध्ये पाँच जनाले विजयी हासिल गरेका छन् ।