जनता टाइम्स

१८ मंसिर २०७९, आईतवार १७:३३

बुथकब्जाको मतगणना सकिदा दोलखामा एमालेभन्दा गठबन्धनको झिनो अग्रता, यस्तो छ ५० हजार मतको परिणाम


दोलखा, मंसिर १८ । दोलखाको प्रतिनिधिसभा सदस्यको निर्वाचनको मतगणनामा सत्ता गठबन्धनका उम्मेदवार गंगा कार्कीले झिनो मतको अग्रता लिनुभएको छ ।

सत्ता गठबन्धनले सत्ताको चरम दुरुपयोग गरी बुथ कब्जा गरेको बैतेश्वर गाउँपालिकाको मतगणना सकिदा गठबन्धनका उम्मेदवार गंगा कार्कीले नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीलाई झिनो मतले जित्नुभएको हो ।

निर्वाचन आयोगका अनुसार कुल ४९ हजार ६३५ मत गणना सकिँदा माओवादी केन्द्रका कार्कीले २१ हजार ४१२ मत पाउनु भएको छ भने एमालेका शिवाकोटीले २१ हजार १४३ मत पाउनु भएको छ । सत्ता गठबन्धनले बुथ कब्जा गरेको पालिका सकिदा यस्तो परिणाम आएको हो ।
यस्तो छ मत परिणाम