जनता टाइम्स

१९ मंसिर २०७९, सोमबार ०७:१५

दोलखामा माओवादीका कार्कीसँग मतान्तर घटाउँदै गर्दा शिवाकोटी जित्ने सम्भावन बढ्यो


काठमाडौं, १९ मंसिर । प्रतिनिधि सभातर्फ दोलखामा भइरहेको मतगणनामा सत्ता गठबन्धनका तर्फबाट माओवादीका गंगा कार्कीले अग्रता कायमै छ ।

कार्कीले ३३ हजार ३ सय २६ र एमालेका बालकृष्ण शिवाकोटीले ३३ हजार १ सय ६३ मत ल्याउनुभएको छ ।शिवाकोटीले मतान्तर घटाउँदै लैजानु भएको छ । पछिल्लो मत परिणाम अनुसार शिवाकोटी कार्कीभन्दा १ सय ६३ मतले पछाडि हुनुहुन्छ ।

राति २ सय ६३ मतले पछाडि परेका शिवाकोटीले मतान्तर घटाउँदै १ सय ६३ मा झार्नु भएको हो । मत गणनाको दुई दिनसम्म अग्रता लिएका कार्की अस्ति रातिदेखि भने पछि पर्नुभएको थियो । तर हिजो दिउँसोदेखि फेरि उहाँले अग्रता लिँदै आउनुभएको छ । अब विगु गाउँपालिका १ (लामावगर), २ (ओराङं), शैलुङ गाउँपालिका १ (दुधपोखरी), २ (भुषाफेदा), मेलुङ गाउँपालिका १ (पवटी)गणना हुन बाँकी छ । मतगणनाको अन्तिम चरणमा आइपुग्दा रोचक बनेको छ ।