जनता टाइम्स

१९ मंसिर २०७९, सोमबार ०७:३१

दोलखामा एमालेका बालकृष्ण शिवाकोटीले लिए अग्रता


काठमाडौं, १९ मंसिर । प्रतिनिधि सभातर्फ नतिजा आउन बाँकी दोलखाको मतगणना रोचक बन्दै गएको छ । सत्ता गठबन्धनका तर्फबाट माओवादीका गंगा कार्की र एमालेका बालकृष्ण शिवाकोटीबीच कडा प्रतिस्पर्धा छ ।

हिजो बिहानसम्म शिवाकोटीले अग्रता लिनुभएकोमा दिउँसोदेखि कार्कीले अग्रता लिनुभएको थियो । आज बिहान फेरि एमालेका शिवाकोटीले अग्रता लिनुभएको छ । पछिल्लो मतपरिणामअनुसार शिवाकोटीको ३३ हजार ९३९ र कार्कीको ३३ हजार ९०९ मत आएको छ ।

एमालेका शिवाकोटी ३० मतले अगाडि हुनुहुन्छ ।