दोलखा, मंसिर १९ । दोलखाको प्रदेश सभा क्षेत्र क बाट नेपाली कांग्रेसका उम्मेदवार कुन्दनराज काफ्ले विजयी हुनुभएको छ । काफ्लेले नेकपा एमालेका उम्मेदवार नरबहादुर श्रेष्ठलाई हराउँदै बिजयी बन्नुभएको हो ।
कांग्रेस केन्द्रीय सदस्य काफ्लेले २२ हजार ७ सय ९७ मत ल्याउनु भएको छ भने एमाले दोलखाका अध्यक्ष श्रेष्ठले १४ हजार ७ सय ५५ मत ल्याउनु भएको छ । काफ्लेले ८ हजार ४२ मतान्तरले चुनाव जित्नुभएको हो ।













प्रतिक्रिया दिनुहोस्