जनता टाइम्स

१९ मंसिर २०७९, सोमबार १८:४१

प्रकाशमान र कृष्णगोपालको भेटघाट, राजनैतिक विषयमा यस्तो रह्यो कुराकानी


काठमाडौं, १९ मंसिर । प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको परिणाम आइसकेको छ भने समानुपातिकको पनि आउने नतिजाको अनुमान भइसकेको छ । यस अवस्थामा दलीय समीकरण कस्तो बन्ला भन्ने आमचासो बढिरहेका बेला नेताहरुले भेटवार्तालाई तीव्रता दिइरहनुभएको छ ।

बधाई तथा शुभकामना आदनप्रदानको बहानामा उहाँहरु राजनीतिक समीकरण निर्माणका लागि भेटवार्ता गरिरहनुभएको छ । प्रधानमन्त्रीमा दाबी गर्नुभएको कांग्रेसका प्रकाशमान सिंहलाई भेट्न आज एमालेका कृष्णगोपाल श्रेष्ठ चाक्सीबारीमा पुग्नुभएको थियो ।

सिंह निवास चाक्सीबारी पुग्नुभएको श्रेष्ठ र सिंहबीच बधाई तथा शुभकामना आदनप्रदानसहित राजनीतिक तथा समसामयिक विषयमा कुराकानी भएको छ । सिंह काठमाडौ १ बाट निर्वाचित हुनुभएको हो भने श्रेष्ठ काठमाडौं ९ बाट विजयी हुनुभएको हो । राजनैतिक विषयमा कुराकानी भएपनि के–के विषयमा छलफल भयो भन्ने खुलाइएको छैन ।