जनता टाइम्स

२० मंसिर २०७९, मंगलवार ०७:१४

पेनाल्टी सुटआउटमा जापानलाई हराउँदै क्रोएसिया क्वार्टरफाइनलमा


काठमाडौं, मंसिर २० । जापानलाई पेनाल्टी सुट आउटमा हराउँदै साविक उपविजेता क्रोएसिया कतारमा जारी फिफा विश्वकप २०२२ को क्वार्टरफाइनल प्रवेश गरेको छ ।

अल जानोब रंगशालामा सम्पन्न अन्तिम १६ अन्तर्गतको खेलको निर्धारित र अतिरिक्त समय १–१ गोलको बराबरीमा सकिएको खेलको पेनाल्टी सुट आउटमा ३–१ गोलको नतिजमा पराजित गर्दै क्रोएसिया क्वार्टरफाइनल पुगेको हो ।

खेलको ४३औं मिनेटमा जावानका डाइजेन माइदाले गोल गर्दै जापानलाई अग्रता दिलाएका थिए । इभान पेरिसिचले ५५औं मिनेटमा क्रोएसियाका लागि बराबरी गोल फर्काएका थिए ।

पेनाल्टी सुटआउटमा जापानका ताकुमी मिनामिनो, काओरु मितोमा र माया योसिदाले हानेको पेनाल्टी क्रोएसियाका गोलकिपर डोमिनिक लिभाकोभिचले बचाएका थिए ।

क्रोएसियाका मार्को लिभाजाले पेनाल्टिमा चुक्दा निकोला भ्लासिधच, मार्सेलो ब्रोेजोभिच र मारियो प्लासिचले गोल गर्दै क्राएसियालाई ३–१ गोलको नतिजमा जित दिलाए । जितसँगै क्रोएसियाले क्वार्टरफाइनलमा ब्राजिल र दक्षिण कोरियाको विजेतासँग खेल्नेछ ।