जनता टाइम्स

२१ मंसिर २०७९, बुधबार १२:४९

सर्वाेच्च फर्किए प्रधानन्यायाधीश चोलेन्द्र


काठमाडौं, २१ मंसिर । चोलेन्द्र शमशेर जबरा प्रधानन्यायाधीशको हैसियतमा हाजिर हुन सर्वोच्च अदालत पुग्नुभएको छ ।

संसद् सचिवालयका महासचिव डा. भरत गौतमबाट महाभियोग प्रस्ताव निष्क्रिय भएको जानकारीसहितको पत्र पाएपछि चोलेन्द्र झण्डा हल्लाउँदै सर्वोच्च प्रवेश गर्नुभएको हो ।

आफूमाथि लागेको आरोपबाट क्लिनचिट पाएको र भोलि बिदा रहेकाले आजै सर्वोच्चमा हाजिर हुने तयारीमा रहेको बताउनुभएको थियो । उहाँको कार्यकाल यही मंसिर २७ गतेसम्म छ ।