जनता टाइम्स

२१ मंसिर २०७९, बुधबार १४:२९

काम लागेन अग्नि सापकोटाको त्यो तोक-आदेश


काठमाडौं, मंसिर २१ । तात्कालिन सभामुख अग्नि सापकोटाको तोक आदेशलाई संसद सचिवालयका महासचिव भरतराज गौतमले तुहाइ दिनुभएको तथ्य बाहिर आएको छ ।

सापकोटाले संसदको कार्यकाल सकिने बेला प्रधानन्यायाधीश चालेन्द्र शमशेर जवराबिरुद्धको महाअभियोग संसदमा पेश गर्न तोक लगाउनु भए पनि उहाँले त्यसो नगरी तुहाइ दिनुभएको पाइएको हो ।

प्रतिनिधिसभाका निवर्तमान सभामुख अग्नीप्रसाद सापकोटाले निलम्बित प्रधानन्यायाधीशमाथि अध्ययन गर्न बनाइएको समितिको प्रतिवेदन संसदमा पेश गर्न निर्देशन दिनुभएको थियो । सापकोटाले गत १ असोजमा संसदको महासचिवलाई प्रतिवेदन संसदमा पेश गर्ने व्यहोराको पत्र थमाउनु भएको थियो ।

चोलेन्द्रविरुद्ध संसदका ९८ जना सांसदले हस्ताक्षर गर्दै प्रतिनिधिसभामा महाअभियोग प्रस्ताव गरेका थिए । एमाले र राप्रपाका सांसदहरूले भने परक मत राखेका थिए ।