जनता टाइम्स

२१ मंसिर २०७९, बुधबार १६:४०

१७ किलो गाँजासहित चितवनमा दुई जना पक्राउ


काठमाडौं, २१ मंसिर । चितवनमा १७ किलो अवैध लागु औषध गाँजासहित दुई जना पक्राउ पर्नुभएको छ । कालिका नगरपालिका–११ मझबाङबाट गए राति अवैध लागु औषध गाँजासहित उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

पक्राउ पर्नेहरूमा स्थानीय ४० वर्षीय बुद्धिबहादुर चेपाङ र २४ वर्षीय विनोद चेपाङ रहेका छन् । घरमा लुकाई छिपाई राखेको अवस्थामा गाँजा फेला पारी दुवै जनालाई पक्राउ गरेको प्रहरीले बताएको छ ।