काठमाडौं, २२ मंसिर । सवारी दुर्घटनामा परी एक जना जर्मन नागरिकको मृत्यु भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–३ फिल्सिङमा आज पिकअप गाडी र मोटरसाइकल ठोक्किँदा ६० वर्षीय जर्मन नागरिक मिचेल मेयर ओलवर्षलेबेनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा अर्का एक विदेशी नागरिकसहित दुई जना घाइते भएका छन् । नारायणगढबाट काठमाडौं आउँदै गरेको ना ४१ प ५४८ नम्बरको मोटरसाइकल र धादिङबाट मुग्लिनतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१च १६८२ नम्बरको पिकअप गाडी ठोक्किएका थिए ।
मोटरसाइकलमा सवार एक विदेशी नागरिक र पिकअपमा सवार एक जना घाइते भएका छन् । मोटरसाइकल चालक जर्मनी नागरिकको मृत्यु भएको हो भने पछाडि सवार विदेशी महिला घाइते हुनुभएको हो । घाइतेको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्