काठमाडौं, २२ मंसिर । मोरङको सुन्दरहरैचा–७ गोठगाउँमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । आज मोटरसाइकलको ठक्करबाट स्थानीय ६५ वर्षीय बल बहादुर कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका कार्कीको उपचारका क्रममा न्युरो अस्पताल विराटनगरमा मृत्यु भएको हो ।
को ३७ प ३२ ०९ नम्बरको मोटरसाइकलले बाटो क्रस गर्दै गरेका कार्कीलाई ठक्कर दिएको हो । घाइते भएका मोटरसाइकल चालक बेलबारी नगरपालिका-११ का २१ वर्षीय सुमन तामाङको सोही अस्पतालमा उपचार भइरहेको प्रहरी चौकी गछियाले जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्